सहकारी डिजिटलमा जाँदा साइबर सुरक्षामा ध्यान दिनुपर्छ : पूर्व अर्थमन्त्री खतिवडा


काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले सहकारी डिजिटलमा जाँदा साइबर सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै खतिवडाले सहकारी डिजिटल तर्फ लैजाँदा सदस्यको कारोबार सुरक्षित राख्न चुनौती बढ्ने भएकाले त्यसलाई ध्यान दिनुपर्ने बताएका हुन् ।

खतिवडाले नेपालमा बहुउद्देश्य सहकारीको काम नभएको बताउँदै हटाउनको लागि आग्रह गरे । उनले भने, ‘एउटा उद्देश्य बोकेर बहुउद्देश्यको नाम दिएर जनतालाई झुकाउने काम बन्द गर्नुपर्छ ।’

२०३० सम्ममा सहकारीहरु स्मार्ट हुनुपर्ने धारणा राख्दै खतिवडाले भने ‘सदस्यको सूचना सहितको डेटा एपमा राख्ने व्यवस्था गर्नु पर्ने बताउँदै खतिवडाले यसो हुँदा बचत फिर्ता गर्न घरघर जानु नपर्ने, शाखा खोल्ने झञ्जट पनि पर्दैन ।’

सन् २०३०सम्ममा सहकारीहरु स्मार्ट भइसक्ने विश्वास व्यक्त गरे । यदि सहकारीहरु डिजिटलाइजेसनमा गएनन् भने उत्पादन, वितरणमा जोडिएका बाहेक अन्य सहकारी जोखिममा पर्ने खतिवडाको भनाइ छ ।