बिहीबार दोहोरो अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको पाँचों दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन अप्पर तामाकोशी हाइड्रोपावर कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको छ । कम्पनीको ५० करोड ८९ लाख ८ हजार ९९ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९२ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.०२ प्रतिशतले घटेको छ ।

कुल ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँको कारोबार भएको छ ।