वचत फिर्ताको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन (फाेटाेफिचर)


काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा सहकारी पीडितले आज (विहिबार) विरोध प्रदर्शन गरेका छन् ।

देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरूले उपत्यकाका विभिन्न पाँच स्थानबाट प्रदर्शन सुरु गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गरेका हुन् ।

पीडितहरुले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर, वचतकर्ता रकम अविलम्व फिर्ता गर, सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोक्का गर, सहकारीहरुलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर लगायतको माग राखेका थिए ।