१५ दिनमा तरकारी, फलफूल, मासु तथा माछा पसल दर्ता गर्न महानगरको निर्देशन


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माछामासु, तरकारी तथा फलफुल व्यवसायलाई १५ दिनभित्र सूचीकृत निर्देशन दिएको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरभित्र सञ्चालनमा रहेको तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग व्यवसाय दर्ता हुन भनेको हो ।

सूचनाको उल्लङ्घन गरी दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको पाइएमा नियमानुसार कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ ।

कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले महानगरभित्र रहेको सबैखाले व्यवसायहरुलाई करको दायरामा ल्याउने, नियमन गर्नका लागि सूचीकृत गराउन लागेको बताए ।