काठमाडाैँ । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतका बद्रीकुमार गुरागाईले सहकारीहरूले सदस्यलाई दिने लाभांशमा कम गरी डीजिटाइजमा लगानी बढाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघको आयोजनमा भईरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै उनले त्यसको प्रयोगका लागि सदस्यहरुलाई समेत साक्षत्कार गरेर अघि बढ्नुपर्नेमा जोड दिए । सिईओ गुरागाईले बैंकले १० वर्षे रणनीति बनाएको र प्रविधिमैत्री सहकारी बनाउन मापदण्ड समेत तयार गरी अघि बढेको बताए । बैंकले प्रविधिमा गरेको लगानी अनुसार संस्थाहरूले प्रयोग गर्न नसकेको उनको भनाइ छ ।
माेबाइल बैंकिङ र वालेटलाई मात्रै ध्यान दिनेभन्दा पनि कर्मचारीहरूलाई समेत दक्षबनाई नयाँ नयाँ वस्तु तथा सेवाको प्रयोगमा समेत लाग्नुपर्ने उनको जोड छ । बाफियामा चेक क्लियरिङ गर्ने व्यवस्था बैंक तथा वित्तीय संस्थालाई मात्रै दिएको र सहकारीहरुले चेक नभई भुक्तानी पुर्जामार्फत कारोबार गर्ने गरेका कारण चेक क्लियरिङमा जान नसकेको उनले प्रष्ट पारे ।
क्लियरिङको पछि लाग्नेभन्दा पनि सहकारीहरू डीजिटाइज भएर सेवालाई विस्तार गर्न उनको सुझाव छ । पछिल्ला समय फण्ड ट्रान्सफरका विभिन्न माध्ययम रहेकाले त्यसको प्रयोग गर्दा प्रभावकारी हुने उनको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्