सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र


काठमाडौँ । सूर्यदर्शन सहकारीका पीडितहरूले समस्या समाधानको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । आइतबार बिहान उनीहरूले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् । सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ५५ करोड रुपैयाँ हिनामिना भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सहकारी पीडितका समस्याबारे आफू जानकार भएको बताउँदै सहकारी पीडितको समस्या समाधान गर्न सरकारले छिट्टै नीतिगत निर्णय गरेर अघि बढ्ने तयारी गरेको बताए।

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। उक्त सकारीबाट १ अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको पोखरा महानगरको छानविन प्रतिवेदनमा उल्लेख छ।