नेपालका २७.३ प्रतिशत परिवारमा मोटरसाइल र स्कुटर


काठमाडौँ । नेपालका २७.३ प्रतिशतको घरमा मात्रा मोटरसाइल र स्कुटर भएको तंथ्याकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार (आज) सार्वजनिक गरेको प्रतिवेदनअनुसार जनगणना २०६८ मा ५ लाख १९ हजार ५७० कुल जनसंख्याको (९.८) प्रतिशत बाट बढेर १८ लाख १६ हजार १२१ (२७.३) प्रतिशत पुगेको हो ।

यसैगरि साइकल भएका र प्रयोग गर्ने परिवारको अनुपातमा ३४ प्रतिशतले मात्र वृद्धि भएको देखिन्छ । निजी यातायातका साधनको स्वामित्व र प्रयोग गर्ने परिवारहरू बागमती प्रदेशमा बढी देखिएका छन् भने यो अनुपात पहाडी, हिमाली, र ग्रमीण क्षेत्रमा निकै न्युन देखिएकाे छ ।

बागमती प्रदेशमा निजी कार जीप भ्यान भएका परिवार ६.४ प्रतिशत र मोटरसाइकल स्कुटर भएका र प्रयोग गर्ने परिवार करिब ३६ प्रतिशत देखिएको छ । यो अनुपात हिमाली भेगमा परिवार एक प्रतिशतभन्दा कम र गाउँपालिकामा २ प्रतिशतभन्दा कम छ । मधेस प्रदेशका दुई तिहाइभन्दा बढी ६७ प्रतिशत परिवारले साइकल प्रयोग गरेको देखिन्छ भने हिमाली भेगका करिब एक प्रतिशत मात्र परिवारसँग साइकल भएको तथ्यांकले देखाएकाे छ ।