आइतबार १० अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन शिवम् सिमेन्ट कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको छ । कम्पनीको ४१ करोड ६४ लाख १७ हजार ६८० रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सप्तकोशी विकास बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.५६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

विन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.८३ प्रतिशतले घटेको छ ।

कुल ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँको कारोबार भएको छ ।