लालीगुराँस सहकारीका सदस्यलाई सरकारकाे अनुराेध: बचतसँग सम्बन्धित प्रमाणहरू सुरक्षित राख्नुहाेस्


काठमाडौं । सरकारले श्री लालीगुराँस सहकारी संस्थाका सदस्यलाई बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरू सुरक्षित राख्न अनुरोध गरेको छ । आज (आइतबार) भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सूचना जारी गर्दै सो कुरा जनाएकाे हाे ।

सूचनामा सहकारी समस्याग्रसत घोषणा भइसकेको हुँदा सञ्चालक तथा कर्मचारीले सो सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात तथा सम्पत्तिहरू यस समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनै पनि कारोवार नगर्नु नगराउनु हुन भनिएको छ।

यस्तै बचतकर्ताहरुले बचतसँग सम्बन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राखी यस समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भएपछी समितिसमक्ष निवेदन पेश गर्न र समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिको कार्यालयसँग मात्र काम कारवाही गर्न सूचनामा उल्लेख छ ।

ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत फागुन २९ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।