सन् २०२३ मा अस्ट्रेलियामा विद्युतीय सवारीको बिक्री १४९ प्रतिशतले बढ्यो


काठमाडौँ । सन् २०२३ मा अस्ट्रेलियामा विद्युतीय सवारी साधन (इभी) को बिक्री दोब्बरले बढेको छ । इलेक्ट्रिक भेहिकल इन्डस्ट्री रिक्याप २०२३ कोअनुसार सर्वोच्च उद्योग निकाय इलेक्ट्रिक भेहिकल काउन्सिलद्वारा प्रकाशित गरिएको थियो ।

अस्ट्रेलियालीहरूले २०२३ मा ९८ हजार ३४६ नयाँ विद्युतीय सवारीसाधन किनेका थिए । २०२२ मा ३९ हजार ३५३ को तुलनामा १४.९ प्रतिशतले बढेको छ । सन् २०२३ मा अस्ट्रेलियामा बिक्री भएका सबै नयाँ कारमध्ये ८.४५ प्रतिशत ईभी थिए ।

जुन २०२२ मा ३.८१ प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ । अष्ट्रेलियामा २०२३ मा ९९ वटा विभिन्न इभी मोडलहरू उपलब्ध थिए । जुन २०२२ मा ७० बाट बढेर ५६ ब्याट्री विद्युतीय सवारी साधन र ४३ प्लग–इन हाइब्रिड विद्युतीय सवारी साधनहरू समावेश थिए ।