नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि पाँच जनाको नाम सर्टलिष्ट


काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको पाँच जनाको नाम सर्टलिष्ट गरिएको छ । सिफारिस समितिले आवेदन दिएका १९ जनामध्ये अन्र्तरवार्ताको लागि ५ जनाको नाम सर्टलिष्ट गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सर्टलिष्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा नबराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, तत्कालिन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाई र डा विमलकुमार तिवारी रहेका छन्।

अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि छनोटमा परेका ५ जनामध्ये ३ जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिसमा परेका ३ जनामध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

बोर्डको अध्यक्षका लागि नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा.नबराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र कृष्ण पोखरेल, नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, नेप्सेका सीईओ कृष्ण बहादुर कार्की, नेप्सेकी कर्मचारी प्रबिण पन्दाक, सन्तोष नारायण श्रेष्ठ, डा गोपाल प्रसाद भट्ट, निरज गिरि, डा रघुराज काफ्ले, डा। केशब प्रसाद श्रेष्ठ, सुर्य प्रसाद अधिकारि, रामदेव यादव, सीताराम थपलिया, डा बिमल कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्यालले आबेदन दिएका थिए।