नेपाल फाइनान्सको १.४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले १ लाख ४० हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४० हजार ९६३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने कम्पनीका इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ ।

सेयरधनीले आवश्यक कागजात प्रमाण संलग्न गरी र खरिद गर्न चाहेको सेयर संख्या खुलाई कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

यदि तोकिएको मितिभित्र कुनै आवेदन नआएमा बैंक बाहिरका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।