बुधबार ३ अंकले घट्याे नेप्से, ३ अर्ब माथिकाे कारोबार


काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको छ । कम्पनीको १९ करोड ५२ लाख ९७ हजार १५१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा गोर्खा फाइनान्स, बुद्धभुमी नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्त, र धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९प्रतिशत, ९.९४ प्रतिशत र ९.२८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बोटलर्स नेपाल (बालाजु) का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.३२ प्रतिशतले घटेको छ ।

कुल ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ ।