हकप्रद सेयर निष्काशन गर्दै पिपुल्स हाइड्रोपावर


काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर निष्काशनको एजेण्डासहित वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको चैत्र ७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको २ः१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रवर्द्धन गरेको सुपर दोर्दी जलविद्युत आयोजना ख मा बैंकबाट लिइएको ऋण तिर्ने तथा कम्पनीबाट प्रवर्द्धन गरिएको हिमचुली दोर्दी जलविद्युत आयोजना ५७ मेगावाटको निर्माणमा लगानी गर्न कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि तथा नियामक निकायले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने तयारीमा रहेको छ।

कम्पनीले चैत्र ३० गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको चैत्लार १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।