बेनेली बाइक शून्य प्रतिशत ब्याजमा पाइने, १ लाखसम्म छुटको व्यवस्था


काठमाडौँ । इटालियन ब्रान्डको बेनेली बाइकमा नयाँ योजना ल्याइएको छ । नेपाली नयाँ वर्षको अवसरमा केटीएम इन्टरनेशनल ट्रेडिङले विशेष फाइनान्स योजना ल्याएको हो ।

योजना अन्तर्गत १८० सिसी बाइक तथा स्कुटरमा २० मिनेटमा नै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा साधन खरिद गर्न सकिने छ ।

साथै अरू मोडलहरूका बाइकहरूमा विशेष छुटको व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ। कम्पनीले मोडल हेरी १५ हजारदेखि एक लाखसम्मको छुट दिने जनाइएको छ ।