फर्स्ट माइक्रो फाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला


काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । कम्पनीले आज (चैत १३ गतेदेखि १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको हो ।

लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा चैत १५ गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।