नेप्सेमा १० अंकको वृद्धि, शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य बढेको छ ।
मंगलबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ९ करोड ३१ लाख ३९ हजार ७० रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज दोल्ती पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
कुल ३१० कम्पनीको ६ करोड ८४ लाख २ हजार ३ सय ९२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।