गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा


काठमाडौँ । सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेकाे छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीलाई आज समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारी विभागको सिफारिसमा संस्थालाई समस्याग्रस्त घोषणा गरेको जनाएको छ । ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको हो ।