सुनको मूल्य बढ्यो, चाँदी घट्यो


काठमाडौँ । आज बुधबार सुनचाँदी बजारमा छापावाला सुनको मूल्य बढेको छ । आज बुधबार छापावाला सुनको मूल्य मंगलबारको तुलनामा तोलामा ४०० रुपैयाँ बढेर तोलाको एक लाख २६ हजार ८०० रुपैयाँ कारोबार भइरहेको सुन व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने ओरालो लागेको छ । बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १४९० रुपैयाँ आजको कारोबार मूल्य तोकिएको छ ।