बीवाईडीले उत्पादन गर्‍यो ७० लाख वटा न्यू इनर्जी सवारी


काठमाडौँ । चीनको विद्युतीय सवारी निर्माता कम्पनी बिवाइडीले ७० लाख वटा विद्युतीय सवारी उत्पादन गरेर विश्वकै पहिलो कम्पनी बन्न सफल भएको छ ।

कम्पनीका अनुसार विश्वमा ७० लाख वटा विद्युतीय सवारी उत्पादन गर्ने बीवाईडी पहिलो हो । कम्पनीले ‘डेञ्जा एन ७’ नामक ७ मिलियनऔँ विद्युतीय सवारी उत्पादन गर्दै जीनान फ्याक्ट्रीबाट सार्वजनिक गरेको हो ।

बीवाईडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो र पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो । अहिले भने यसले दर्जनौ मोडल बिक्री गर्दै आएको छ ।

बीवाईडीले सन् २०२१ मा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीनगुणा पु¥याएको थियो । त्यसपछिको ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पु¥याउन सफल भएको हो ।

२०२१ को मे महिनामा १० लाख, २०२३ को अगस्टमा ५० लाख र अहिले ७० लाख सवारी साधन उत्पादन भएको हो ।