बुधबार १० अंकले घट्यो नेप्से, २ अर्ब २३ करोड रुपैयाँको कारोबार


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

बुधबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ९ करोड ७२ लाख २२ हजार ३२० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज सर्वोत्तम सिमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ ।

कुल ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।