अर्थमन्त्रालयमा सहसचिव हेरफेर : कुन महाशाखाको जिम्मेवारी कसलाई ?


काठमाडौ । अर्थमन्त्रालयको शक्तिशाली महाशाखाको रुपमा रहेका तीन वटा महाशाखाको जिम्मेवारी हेरफेर भएको छ ।

बजेट निर्माण प्रक्रिया शुरु हुदै गर्दा अर्थमन्त्री बर्षमान पुनले राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा ल्याएका छन् ।

यस्तै बजेट महाशाखाका उत्तर खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखको जिम्मेवारी दिइएको छ भने सोही अनुगमन मुल्यांकन महाशाखाका धनिराम शर्मालाई भने राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

सामान्यतया बजेट निर्माण गर्दै गर्दा बजेट लेखनको समुहमा यि तिन महाशाखा पर्दै आएका छन् । यसमा विशेष भुमिका बजेट महाशाखाको रहने गरेको छ । अन्य महाशाखाहरु भने यथावत राखिएको अर्थमन्त्रालयले जनाएको छ ।