जेठ १८ गतेदेखि ‘नेपाल भारत पोल्ट्री अन्तर्राष्ट्रिय एक्स्पो २०२४’ हुने


काठमाडौँ । नेपाल पोल्ट्री महासघंको आयोजनमा नेपाल भारत पोल्ट्री अन्तर्राष्ट्रिय एक्स्पो २०२४ हुने भएको छ । २०८१ जेठ १८ गतेदेखि २० सम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा उक्त एक्स्पाे हुने भएकाे हाे ।

गत चैत १३ गते चितवनमा बसेकाे बैठकले उक्त निर्णय गरेको नेपाल पोल्ट्री महासघंले जनाएको छ ।

नेपाल भारत पोल्ट्री अन्तर्राष्ट्रिय एक्स्पो २०२४ को अवसरमा तीन दिनसम्म विदेशी विज्ञ व्यक्तिहरूबाट पोल्ट्रीका विविध विषयमा गाेष्ठी आयोजना गर्नुका साथै पोल्ट्रीका लागि नविनतम उच्च प्रविधि, पोल्ट्री मेशिनरी उपकरणको प्रर्दशनी गर्ने आयोजकले जनाएको छ ।

मेलामा ३० वटा भन्दा बढी देशका स्टलहरू रहने र ३० हजार मानिसहरूले अवलोकन गर्ने आयोजककाे दाबी छ ।