काठमाडौँ विश्वविद्यालयले सञ्चालनमा ल्यायो ‘हाइड्रोजन रिफ्यूलिङ सेन्टर’


काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले ‘हाइड्रोजन रिफ्यूलिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ । विश्वविद्यालयले आजदेखि हाइड्रोजनबाट चल्ने सवारीमा इन्धन भर्नका लागि ‘रिफ्यूलिङ सेन्टर’ सञ्चालनमा ल्याएको हो ।

नेपालमै पहिलो पटक निर्माण गरिएको हाइड्रोजन रिफ्युलिङ स्टेशन सञ्चालनमा ल्याई सो स्टेशनबाट हाइड्रोजन ग्यास रिफ्युल गरिएको हो ।

विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा एसोसिएट प्रा.डा. विराजसिंह थापाका अनुसार स्टेसनको सबै परीक्षण सम्पन्न भएपछि कारमा हाइड्रोजन हालिएको हो ।

उक्त स्टेशनबाट केयूले कोरियाबाट ल्याएको हुन्डाई कम्पनीको नेक्सन ब्राण्डको हाइड्रोजन फ्युल सेलयुक्त गाडीमा पहिलोपटक हाइड्रोजन ग्यास भरेको हो ।