नेप्सेको गिरावट जारी, सर्वोत्तम सिमेन्टमा आर्कषण कायमै


काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयरबजारको गिरावट कायमै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल उपसमुहमध्ये एउटा उपसमुहबाहेक सबै उपसुमहरुमा गिरावट आएको छ ।
सोमबार कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट अग्रस्थानमा रहेको छ ।
आजको दिन गुराँस लघुवित्त वित्तीय संस्था र मयाखोला हाइड्रो पावरका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै आज रिभर फल्स पावर लिमिटेडका लगानी कर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ ।
कुल ३१५ वटा कम्पनीको ७२ लाख ९० हजार २ सय कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँको कारोबार भएको छ ।