बीवाईडी एशिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित


काठमाडौँ । चीनको सियानमा आयोजित ‘बीवाईडी एसिया प्यासिफिक २०२४’ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित भएको छ । साइमेक्स इंक नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।

साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्वपूर्ण पुरस्कार पाएको हो ।

साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ ।

नेपालमा बीवाईडी डिलरहरूकाे बिचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको छ ।

साे अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको छ । हाल विभिन्न १५ स्थानमा बीवाईडी शोरुम स्थापना गरिएका छन् । थप ३ शोरुम स्थापित हुने क्रममा रहेका छन् । साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डीसी फास्ट चार्जर स्थापना गरेको छ ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, “हामी बीवाईडीबाट सम्मानित भएका छौं र यी प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छौ । यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान ग्राहक र साझेदारहरूको अटुट समर्थनको प्रमाण हो ।”