आज ६७ औं राष्ट्रिय सहकारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौँ । आज ६७ औं राष्ट्रिय सहकारी दिवस । सहकारीमा सुशासन प्रविधि र एकीकरण भन्ने नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

वि.सं. २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनलाई स्मरण गर्दै सहकारी दिवस मनाउने गरिएको छ । नेपालमा हाल करिव ३० हजार संख्यामा सहकारी रहेको तथ्याङ्क छ ।

यस क्षेत्रमा झण्डै ६० लाख सदस्य रहेको रहेका छन् । सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा ५ लाखलाई अप्रत्यक्ष रोजगारी, कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान गरेको सहकारी अभियन्ताहरूको दाबी छ ।

हाल नेपालमा सहकारीको संख्यात्मक विकास भएपनि गुणस्तर भने बढ्न सकेको छैन । अधिकांश संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ । यसैगरी सरकारले प्राथमिकता दिएका कृषिजन्य उत्पादन, प्रशोधन, बजारीकरणका साथै सेवा क्षेत्रमा सहकारीले अपेक्षित योगदान गर्न सकेका छैनन् ।