ग्रेटवालका गाडी किन्दा ‘शानदार नव वर्ष २०८१’ को अफरः १० लाखसम्म फाइदा


काठमाडौँ । जि.डब्लु.एम को नेपालका लागि आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा ‘शानदार नव वर्ष २०८१’ योजना ल्याएको छ ।

यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जि.डब्लु.एमका लोकप्रिय मोडेलहरू हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरूमा विशेष अनि आकर्षक अफरहरू प्रवर्द्धन गरिएको कम्पनीले जनाएकाे छ ।

जि.डब्लु.एमका मोडेलहरूमा ल्याइएका यी अफर मार्फत ग्राहकहरूले ओरा ०३ ईभीमा भारि नगद छुट, फ्री एसेसरीज, एक वर्षसम्मको व्यापक बिमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउनेछन, हाभलका एच् सिक्स, र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बिमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै, पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश रहेको कम्पनीले जनाएको छ ।

ग्राहकहरूले जि.डब्लु.एमकाे शोरूममा गई टेस्ट ड्रइभ गर्न सक्नेछन् ।