होन्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स२००,यस्ता छन् विशेषता


काठमाडौँ । होन्डाले नयाँ मोटरसाइकल एनएक्स-२०० नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले एनएक्स-२०० को औपचारिक बिक्री वितरण १५ चैतदेखि नै सुरू गरिसकेको छ ।

कम्पनीका अनुसार यसको ‘अप-राइट पोजिसन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ ले आरामदायी यात्रा सुनिश्चित गर्दछ । एनएक्स-२०० मा उपलब्ध ‘वाइन्ड भाइजर’ र ‘एलईडी विङ्कर’ सहितको ‘नकल कभर’ ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ ।

‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्नेगरि चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि एनएक्स-२०० को अरू थप उल्लेखनीय विशेषता भएको कम्पनीले बताएको छ ।

एनएक्स-२०० मा रहेको ‘फ्रन्ट एबीएस सिस्टम’ र ‘डुअल पेटल डिस्क ब्रेक’ ले यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता प्रदान गर्छ, जुन स्वतन्त्र र निस्फिक्री यात्राका लागि अत्यावश्यक हुने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार एनएक्स-२०० विभिन्न चार रङ्‍गमा उपलब्ध छन् । १० वर्षसम्मको वारेन्टी प्याकेज रहेको एनएक्स-२०० को सुरुवाती बिक्री मूल्य ४ लाख ७९ हजार ९०० रुपैयाँ मात्र तोकिएको छ ।

होन्डाका सम्पूर्ण आधिकारिक विक्रेता वा होन्डाको आधिकारिक वेब पेजबाट पनि एनएक्स-२०० को खरिद या बुकिङ गर्न सकिने कम्पनीले बताएको छ ।