नेप्सेको गिरावट जारी


काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयरबजारको गिरावट कायमै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयरमापक सूचक नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ७ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार कारोबार रकमको आधारमा गुराँस फाइनान्स लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड, ९८ लाख ८४ हजार ९०१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा गुँरास लघुवित्त वित्तीय संस्थाका लगनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन ज्योति विकास बैंक वण्ड २०८७ नामक डिबेञ्चरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । डिबेञ्चरको मूल्य ७.५० प्रतिशतले घटेको छ ।

कुल ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६ सय २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।