सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य पनि १५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३२ हजार ३५० कायम छ । यस अघि चैत १९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँ र तजावी सुन प्रतितोला १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।