नेप्सेको गिरावट जारी, सूर्यज्योति लाइफको सबैभन्दा धेरै कारोबार


साताको कारोबारको चौथो दिन पनि सेयरबजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ कम्पनीहरुमध्ये ३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने बाँकी १० वटा कम्पनीको सेयरमूल्य घटेको छ ।
बुधबार नेप्सेमा सुर्यज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको २५ करोड ८० लाख ५९ हजार १ सय १६ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन गुँरास लघुवित्त वित्तीय संस्थाका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै आजको दिन रिभर फल्स पावर लिमिटेडका लागनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
कुल ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।