सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिनदिनै बढ्दै गएको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर किर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च हो ।
त्यस्तै बिहीबार तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बुधबार सुन पप्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोलामा ४० रुपैयाँले बढेर १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।