बिहीबार ५ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारको गिरावट कायमै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ५.५४ अंकले घटेर २००१.२४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये ५ वटा उपसमुहको सेयरमूल्य बढेको छ । बाँकी ८ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार नेप्सेमा शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १८ करोड १० लाख २१ हजार ६ सय २५ रुपैयाँको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.५ प्रतिशतले घटेको छ ।

कुल ३०२ कम्पनीको ६५ लाख ५१ हजार ५ सय ९५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ६ सय ७५ रुपैयाँको कारोबरा भएको नेप्सेले जनाएको छ ।