स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउने अपेक्षा थियो: अध्यक्ष केसी


काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर घटेको कारणले कर्जा प्रवाह बढ्ने अपेक्षा गरेपनि त्यस अनुसार हुन नसकेको बताएका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष केसीले ब्याजदर बढेका कारण कर्जा प्रवाह हुन नसकेको भनेको कर्जा प्रवाह गर्दा एकपक्षमात्र हेर्न नहुने बताए । उनले कर्जा प्रवाह बढ्नको लागि उपभोग, सरकारले गर्ने भुक्तानीले पनि प्रभाव पार्ने बताएका हुन् ।

सरकारले स्थानीय तहको रकम निक्षेप गणना गर्न अहिले तरलता सहज अवस्था भएपनि सबै स्थानीय तहमा बैंक जाँदा बिना ब्याज निक्षेप राख्न पाउने अपेक्षा रहेपनि अहिले त्यस अनुसार नभएको उनले बताए । बैंकहरुले स्थानीय तहको रकम निक्षेप गणना गर्न नपाउने भएपछि बैंकहरुको एकैनि ६५ अर्ब रुपैयाँले निक्षेप घटेको हो ।

उनले भने, “ग्रामिण क्षेत्रमा पनि बैंकको शाखा स्थापना गर्ने बैंकलाई बिना ब्याज निक्षेप राख्ने अपेक्षा थियो तर त्यस अनुसार भएन । यसलाई निक्षेपमै गणना गर्न दिनुपर्ने देखिएको छ ।”

कर्जा निक्षेप अनुपात बढी भएका कारण पनि स्थानीय तहको निक्षेप गणना गर्न नमिल्ने बनाएको हुनसक्ने उनले उल्लेख गरे ।
सरकारले सहुलियतपूर्ण कर्जाको ब्याजदरको भुक्तानी बैंक तथा वित्तीय संस्थालाई नगरेको अध्यक्ष केसीले बताए ।

उनका अनुसार सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई १२ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जाको ब्याजदर लिन बाँकी रहेको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंक तथा वित्तीय संस्था सुरक्षित अवस्था रहेको दावाका साथ भन्न सकिने बताए ।