सानिमा बैंक र दराजबिच सम्झौता


काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “नव बर्ष उत्सव” योजनामा विशेष छुट दिने सम्झौता भएको छ ।

दराजबाट सामान खरिद गरी सानिमा बैंकको ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् ५ सय रुपैयाँसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् ७ सय ५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ भने क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने जनाइएको छ । कम्पनीका अनुसार यो योजना चैत २२ देखि बैशाख ६ गतेसम्म लागू हुनेछ ।