तोलामा एक हजार ३०० रुपैयाँ सस्तियो सुन


काठमाडौँ । लगातार दुई दिनसम्म उकालो लागेको सुनको मूल्य आज शुक्रबार ओरोलो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँ सस्तिएर तोलाको एक लाख ३२ हजार ७०० रुपैयाँ आजको कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहिबार तोलाको १६५० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार तोलामा ३५ रुपैयाँ घटेर तोलाको १६१५ रुपैयाँमा कारोबार भइरहेको छ ।