नागरिक लगानी कोष र श्रीनगर एग्रिटेकबिच सेयर प्रत्याभूति सम्झौता


काठमाडौँ । श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लि. र नागरिक लगानी कोषबिच सेयर प्रत्याभूति सम्झौता भएको छ ।

श्रीनगर एग्रिटेकले नागरिक लगानी कोषसँग प्रति शेयर अंकित मूल्य रु. १०० को दरले १९ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न प्रत्याभूति सम्झौता गरेको हो ।

श्रीनगर एग्रिटेकका तर्फबाट अध्यक्ष सतिश चन्द श्रेष्ठ र नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

दुबै संस्थाहरुले यस सम्झौताबाट नेपालको कृषि अर्थतन्त्रलाई संस्थागत रुपमा विकास गर्न कोसेढुङ्गा सावित हुने विश्वास लिएका छन् ।