आइतबार २२ अंकले बढ्यो नेप्से, ४ अर्ब रुपैयाँ बढिको कारोबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये ११ वटा उपसमुहको सेयरमूल्य बढेको छ । बाँकी २ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेप्सेमा नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९५ करोड २० लाख रुपैयाँको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था, डोल्टी पावर कम्पनी र सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.७४ प्रतिशत, ९.५५ प्रतिशत र ९.०२ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन तारागाउँ रेजेन्सी होटल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।