घट्दै शाखारहित बैंकिङ सेवा केन्द्र


काठमाडौँ । शाखा रहित बैंकिङ सेवा केन्द्रहरु घट्दो अवस्था रहेको देखिएको छ । पछिल्लो २० महिनामा ३३६ ओटा शाखारहित बैंकिङ केन्द्रहरु घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असारमा १ हजार ५४८ ओटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका थिए भने २०७९ फागुनमा घटेर १ हजार २१२ ओटामात्र रहेका छन् ।

शाखारहित बैंकिङ सेवा केन्द्रबाट फागुन महिनामा ७१ हजार ३३३ पटकमा एक अर्ब ५८ करोड १० लाख रुपैयाँ बराबर कारोबार भएको छ । माघमा ७९ हजार ५४८ पटकमा एक अर्ब ६० करोड ७० लाख रुपैयाँ बराबर कारोबार भएको थियो ।