काठमाडौँ। सोमबार छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । आइतबार १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्