टेल्जीकाे लायन स्कुटरमा एक लाख किलोमिटर वारेन्टी


काठमाडौँ । योम मा ई मोटर्सले नेपालमा नै पहिलो पटक विद्युतीय स्कुटरमा १ लाख किलोमिटरसम्म वारेन्टी घोषणा गरेको हो।

कम्पनीले आज पत्रकार सम्मेलन गर्दै टेल्जीकाे लायन स्कुटरमा १ लाख किलोमिटर वारेन्टी दिने घोषणा गरेको हो । उक्त कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक संजिव शिल्लकारले नेपालमा नै पहिलो पटक दुईपाङ्ग्रे सावरीमा १ लाख किलोमिटर वारेन्टी प्रदान गर्न लागेको दाबी गरे ।

उनले भने, “हाम्रो स्कुटरमा प्रयोग भएको लिथियम आइरन फोस्फेट ब्याट्रीलाई लामो समयसम्म परिक्षण गरेर हामीले १ लाख किलोमिटर वारेन्टी दिने भएका हौँ । अब हाम्रा ग्राहकले ढुक्क भएर स्कुटर किन्न र चलाउन सक्नेछन् ।”

कम्पनीका अनुसार ५ वर्ष वा १ लाख किलोमिटर जुन पहिला हुन्छ त्यसमा वारेन्टि लागू हुने छ । यस्तो वारेन्टीले ग्राहक वर्गमा रहेको व्याट्री फेर्दा धेरै खर्च लाग्छ भन्ने भ्रम चिर्ने कम्पनीको विश्वास छ ।

कम्पनीले अपडेट सहित ल्याएको टेल्जी लायन स्कुटरमा फ्रन्ट भाइजर, हिल होल्ड असिष्ट, वाइडर टायर, स्मूथ एशिलरेशन, ब्राइटर (म्याट्रिक्स) हेडल्याम्प, नयाँ टेलिस्कोपिक सस्पेन्सन, नयाँ रिमोट-की लगायत फिचर रहेको जनाएको छ ।

टेल्जी लायनमा ४ किलोवाट पावरको मोटर र ३.३३ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक रहेको छ । यसलाई एकपटक फुलचार्ज गरेर १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । यो स्कुटरलाई घरमा नै ३ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

टेल्जी लायनकाे नयाँ भर्सनमा ब्लूटूथ कनेक्टिभिटी, स्टेरियो स्पीकर जस्ता फिचर दिइएको छ । यसबाहेक की-लेस स्टार्ट, डिस्क ब्रेक, एलईडी डिस्प्ले, एलईडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस लगायतका महत्वपूर्ण फिचरहरू समावेश रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त स्कुटरको मूल्य ३ लाख ३३ हजार रुपैयाँ रहेको छ । नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै कम्पनीले स्कुटरमा १८ हजारसम्म छुट दिएको जनाएको छ । कम्पनीले विगत पाँच वर्षदेखि नेपाली बजारमा विद्युतीय दुईपाङ्ग्रे सवारी साधन विक्री गर्दै आएको छ ।