शहरमै छ डिजिटल डिभाइड: अध्यक्ष भण्डारी


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीले शहरमै पनि डिजिटल डिभाइड रहेको बताएका छन् । उनले ग्रामिण क्षेत्रमा मात्र डिजिटल डिभाइड भन्ने गरेपनि शहरहरुमै पनि डिजिटल डिभाइड रहेको बताए ।

प्रविधि पत्रकार मञ्चले गरेको नेपालको दूरसञ्चार क्षेत्रमा अवसर र चुनौतीको विषयमा गरेको कार्यक्रममा भण्डारीले टेलिकमको सेवा प्रदायकको सेवामा शहरमा पनि डिभाइड भइरहेको बताएका हुन् ।

“हामीले डिजिटल डिभाइडको कुरा गर्छौ । जहिले पनि ग्रामिण क्षेत्रमा छैन भन्छौं मैले यहाँ शहरमा पनि डिभाइड देखिरहेको छु । ग्रामिण क्षेत्रमा समस्या रहेको भनिरहँदा शहरकै अलिकति भित्र जाने हो भने राम्रो नेटवर्क आउँदैन,” उनले भने, “कलहरु भइरहेको छैन । डिजिटल डिभाइड ग्रामिण क्षेत्रमा मात्र भएको हो भन्ने होइन । टेलिकम कम्पनीहरुको सेवामा शहरमा पनि डिभाइड भइरहेको छ ।”

डिजिटल प्रविधि र इन्टरनेटको पहुँच भएका व्यक्ति वा समुदाय र ती सुविधा नपुगेकाहरू बिचको अन्तर डिजिटल डिभाइड हाे।
उनले टेलिकम कम्पनीहरुले गुणस्तर बढाए आम्दानी पनि बताएका छन् । गुणस्तर राम्रो भए ग्राहकहरुले त्यसको फाइदा उठाउने र आम्दानी बढ्ने उनले उल्लेख गरे ।

यस्तै, उनले फो जीको प्रयोगको बारेमा अध्ययन गर्नुपर्ने बताए । उनले भने, “फोजीको प्रयोगको अवस्था कस्तो छ ? यसको प्रयोग कतिको छ ? अध्ययन गर्न जरुरी छ ।”

उनले फाइभजीमा राज्यले लगाउने पैसा, रिर्टन, सेक्युरिटी के हो ? त्यसको बारेमा पनि एनसेल र एनटिसीले बुझाउनुपर्ने बताए । फाइभजीको इको सिस्टम के छ भनेर हेर्न र फाइभजीमा लगाउने पैसाले कति रिर्टन चाहन्छौं त्यसको अध्ययन गर्नुपर्ने उनले उल्लेख गरे ।

उनका अनुसार अहिले हाम्रो १६ लाख जति फाइभजी ह्याण्डसेट देखिएको छ । स्मार्टफोन प्रयोगकर्ता मध्ये फाइभजी प्रयोगकर्ता १० प्रतिशत रहेको उल्लेख गरे ।

उनले भने, “फाइभजी मोबाइल फोन प्रयोगकर्ता १० प्रतिशत रहेको र हाम्रो देशमा आईटी डिभाइस कति छ ? हाम्रो देशको डाटा खपत कसरी बढाउन चाहन्छौं ? यो १० प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याउन १५३ अर्ब रुपैयाँ बराबरको मोबाइल ह्याण्डसेट मात्र किन्नुपर्छ । यसको रिर्टन हेरेर हामीले कसरी लगानी गर्छौ ? यसको विषयमा ठुलो बहस गर्नुपर्ने छ ।”

नेपाल टेलिकमका मधुसुदन दाहालले फाइजी कहिले सुरु हुन्छ भन्ने अवस्था नरहेको बताए । उनले इन्टरनेट सेवा प्रदायकका कारण टेलिकम कम्पनीको आम्दानी घटिरहेको बताए । इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स लिन र नविकरण गर्न पनि सस्तो रहेको र टेलिकमको महङ्गो भएका कारण आम्दानी घट्दै गइरहेको बताएका हुन् ।

एनसेलका चिफ रेगुलेटरी तथा लिगल अफिसर विशाल उपाध्यायले नेपालमा इन्टरनेट सेवा प्रदायकको बजार बढ्दै जाने र टेलिकमहरुको बजार क्रमश घट्दै जाने देखिएको बताएका छन् । सरकारले अहिलेको सेवाभन्दा बाहिर जान नदिएमा टेलिकमको बजार घट्दै जाने देखिएको बताएका हुन् । इन्टरनेट सेवा प्रदायकको वृद्धिले टेलिकममा समस्या देखिने बताएका हुन् ।