झिनो अंकले बढ्यो नेप्से


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये १० वटा उपसमुहको सेयरमूल्य बढेको छ । बाँकी ३ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार नेप्सेमा सूर्य ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १८ करोड ८ लाख १० हजार ९२० रुपैयाँको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।