चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपत भएको छ: निर्देशक घिसिङ


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपत भइरहेको बताएका छन् ।

मंगलवार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

उनले चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपतबाट करिब दुई करोडको डिजेल र पेट्रोल प्रतिस्थापन गर्ने गरेको बताए । उनले यही ट्रेडमा विद्युत खपत हुँदा भविष्यमा ५ खर्बको आयातलाई प्रतिस्थापन गर्नसक्ने दाबी गरे । उनले चार्जिङ स्टेसनको माग पछिल्लो समय अत्याधिक रुपमा वृद्धि भएको बताए ।

घिसिङले देशभरका नगरपालिका,स्थानीय निकाय,अस्पताल र निजी क्षेत्रबाट विद्युतीय चार्जिङ स्टेसन राख्न माग आइरहेको बताए । उनले काठमाडौं उपत्यकामा भन्दा पनि बाहिर रुटहरुमा विद्युतीय सवारी साधन धेरै गुड्ने गरेको बताए ।

उनले नेपालको सार्वजनिक यातायातलाई विद्युतीय बनाउनको लागि चार्जिङ पूर्वाधारको जरुरी रहेको बताए । उनले अहिले निजी क्षेत्रसहित ४ सय वटा चार्जिङ स्टेसन जडान भएको भएको भन्दै चार्जिङ स्टेसनमार्फत करिब हजार भन्दा बढी माइक्रोबसहरु देशभर चलिरहेका दाबी गरे । उनले करिब ७० प्रतिशत मात्रै रिप्लेसमेन्ट भयो भने नेपालको व्यापार घाटालाई ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले सरकारले विद्युत खपत बनाउन पुराना बसहरू चलिरहेकाले रिप्लेसमेन्टको नीति ल्याउन आवश्यक रहेको बताए । उनले विद्युतीय बसमा प्रतिस्थापन गर्न केही सुविधा दिनुपर्नेमा जोड दिए । उनले केही ट्याक्सीहरूलाई मात्रै मनोपोली हिसाबले सहमति दिन नहुने बताए ।