हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्षसहित तीनजना पक्राउ


काठमाडौं । हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणमा उपाध्यक्ष लिलाबहादुर गुरुङसहित तीनजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेर ठगीको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा उपाध्यक्ष गुरुङसहित कोषाध्यक्ष नवीन अछामी र सञ्चालक समितिका सदस्य रामहरि अधिकारी छन् । उनीहरूलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको सीआईबीले जनाएकाे छ ।

यस सहकारीका अध्यक्ष भने गितेन्द्रबाबु (जीबी) राई छन् । उनी फरार सूचीमा छन् ।त्यस्तै, यस सहकारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको पनि नाम जोडिएको छ ।