दोहोरो अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेप्सेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १२ करोड ५४ लाख ८८ हजार १३ रुपैयाँको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा माण्डु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.६९ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन सिंगटी हाइड्रो इनर्जी र वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९३ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।