कृषि क्षेत्र अर्थतन्त्रको आधारशिला होः अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कृषिक्षेत्र नेपालको अर्थतन्त्रको आधारशिला भएको बताए । उनले कृषि, पर्यटन, उद्योग र जल क्षेत्रमा नेपाल सम्पन्न रहेको तर आवश्यक व्यवस्थापन गर्न नसकेको बताए ।

उनले शिक्षा नीतिमा रहेका समस्याको पनि समाधान गरेर अघि बढ्न आवश्यक रहेको बताए । उनले माछामासुमा नेपाल आत्मनिर्भर हुनसक्ने भएपनि अहिले त्यसतर्फ आवश्यक चासो दिन नसकिएको बताए ।

उनले भने,”यहाँ कृषि क्षेत्रको कुरा गर्ने हो भने, उद्योग, जल क्षेत्रको कुरा गर्ने हो भनेपनि पर्यटन क्षेत्रको कुरा गर्ने हो भने यि चार वटै क्षेत्रमा नेपाल सम्पन्न छ । तर त्यसको उपयोग हामीले गर्न सकिरहेका छैनौँ । जनशक्तिको कुरा गर्ने हो भनेपनि गर्न नसकिने कुरा हुँदैन । हाम्रो शिक्षा नीतिमा समस्या छ भने यदी हामीले हाम्रो जनशक्तिलाई राम्रो तालिम दिन, सीप सिकाउन सकेका छैनौँ भने त्यहाँ पनि हामीले नै त्रुटी गरिरहेको ठहरिन्छ । हामी हाम्रो देशमा जति पनि माछामासुको उत्पादन गर्न सक्छौँ ।”

पूर्वप्रधानमन्त्री नेपालले असल मनशायले काम गर्ने मान्छेहरू उत्साहित हुन नसकेको बताए।