बैंक तथा वित्तीय संस्थाले कुन क्षेत्रमा कति गरे लगानी ?


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले २०८० फागुन मसान्तसम्म ५० खर्ब ८७ अर्ब कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न क्षेत्र अनुसार बैंक तथा वित्तीय संस्थाहरुले २०८० फागुनसम्म ५० खर्ब ८७ अर्ब ७९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

जसमा वाणिज्य बैंकहरुले ४५ खर्ब ५ करोड ४० लाख रुपैयाँ, विकास बैंकहरुले ४ खर्ब ९२ अर्ब २६ करोड ७० लाख रुपैयाँ र वित्त कम्पनीहरुले ९५ अर्ब ४७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्र अनुसार थोक तथा खुद्रा शिर्षकमा सबैभन्दा बढि कर्जा प्रवाह गरेका छन् भने सबैभन्दा कम लोकल गर्भमेन्ट शिर्षकमा कर्जा प्रवाह गरेका छन् । । थोक तथा खुद्रा शिर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले १० खर्ब १५ अर्ब ४४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने लोकल गर्भमेन्ट शिर्षकमा १ अर्ब २२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

खपत कर्जा ९ खर्ब ८१ अर्ब ६७ करोड ६० लाख रुपैयाँ, ‘कृषि, वन, पेय पदार्थ र गैर खाद्य उत्पादनसँग सम्बन्धित’, ८ खर्ब ५१ अर्ब ९३ करोड १० लाख रुपैयाँ, फाइनान्स, बिमा र रियल स्टेट क्षेत्रमा ३ खर्ब ८० अर्ब ४२ करोड रुपैयाँ ‘कृषि तथा वन’ मा ३ खर्ब ६६ अर्ब ६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस्तै, विद्युत् ग्यास र पानी क्षेत्रमा ३ खर्ब ४१ अर्ब ५० करोड ३० लाख रुपैयाँ, अन्यमा ३ खर्ब १५ अर्ब २० करोड ७० लाख रुपैयाँ, टुरिजम सेवा क्षेत्रमा २ खर्ब २४ अर्ब ८२ करोड ६० लाख रुपैयाँ, निर्माण क्षेत्रमा २ खर्ब १५ अर्ब २१ करोड २० लाख रुपैयाँ, अन्य सेवामा २ खर्ब ४ अर्ब २४ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस्तै, ‘यातायात, सञ्चार र सार्वजनिक उपयोगिकता’मा ९० अर्ब २ करोड ८० लाख रुपैयाँ, ‘धातु उत्पादन, मेशिनरी र इलेक्ट्रोनिक, उपकरण तथा संयोजन क्षेत्र’मा ७२ अर्ब ५ करोड १० लाख रुपैयाँ, मत्यसँग सम्बन्धित क्षेत्रमा १६ अर्ब १६ करोड ४० लाख रुपैयाँ र खनिजसँग सम्बन्धित क्षेत्रमा ११ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।