मधेश प्रदेशमा प्रति शाखा ८ हजार ५०० ले लिँदै छन् बैंकिङ सेवा


काठमाडौँ । देशभर बैंक तथा वित्तीय संस्थाहरुको शाखाहरुको शाखा संख्या ६ हजार ४६४ रहेको छ । नेपाल राष्ट्र बैंकका अन्ुसार देशभर वाणिज्य बैंकहरुको शाखा ५ हजार ४१, विकास बैंकहरुको शाखा १ हजार १३५ र वित्त कम्पनीहरुको शाखा २८८ रहेको छ ।

नेपालमा २० ओटा वाणिज्य बैंक, १७ ओटा विकास बैंक र १७ ओटा वित्त कम्पनीहरु रहेका छन् । प्रदेश अनुसार सबैभन्दा धेरै शाखा बागमती प्रदेशमा रहेको छ भने सबैभन्दा कम कर्णालीमा सबैभन्दा कम शाखा रहेको छ ।

बागमती प्रदेशमा ३ हजार ४५ बैंक तथा वित्तीय संस्थाहरुको शाखा रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम ४६९ शाखा रहेको छ । लु्म्बिनी प्रदेशमा २ हजार १९२, कोशी प्रदेशमा १ हजार ८६२, मधेश प्रदेशमा १ हजार ७७८, गण्डकी प्रदेशमा १ हजार ४०० र सुदुर पश्चिम प्रदेशमा ८४८ ओटा शाखा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थामा प्रति शाखा जनसंख्या मधेश प्रदेशमा धेरै रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ओसतमा मधेश प्रदेशमा प्रति ८ हजार ५०४ जना बराबर बैंक तथा वित्तीय संस्थाको शाखा रहेको भने बागमती प्रदेशमा प्रति शाखा औषत २ हजार ६८८ जनाले सेवा लिने छन् ।

कोशी प्रदेशमा ५ हजार १ जनाले बैंक तथा वित्तीय संस्थाबाट औषतमा सेवा लिने छन् भने गण्डकी प्रदेशमा ३ हजार १, लुम्बिनी प्रदेशमा ४ हजार ९३०, कर्णाली प्रदेशमा ७ हजार २७८ र सुदूर पश्चिम प्रदेशमा ७ हजार १८ जनाले औसतमा प्रति शाखा सेवा लिन सक्ने जनाइएको छ ।

राष्ट्र बैंकले प्रदेशमा रहेको जनसंख्या र प्रदेशमा रहेको शाखाबाट एउटा शाखाबाट कतिले सेवा लिने उल्लेख गरेको हो ।